बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

149

बुटवल / प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुद्धको मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न  निर्देशन दिएका छन् । रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा बुद्धको मूर्ति अज्ञात समूहले तोडफोड गरेका थिए ।

मन्त्री पोखरेललले घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई निर्देशन दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here