– हुकुमबहादुर सिंह
कमाउनिस्ट कम्युनिस्टहरू भन्नाले नेपालको वर्तमान सन्दर्भमा सरकारी कम्युनिस्ट पार्टी, जसलाई डब्बल नेकपाका नेता तथा कार्यकर्ता भन्ने बुझिन्छ । यद्यपि नेपालका अन्य कम्युनिस्ट पार्टीहरूभित्र पनि यस्ता कमाउनिस्ट कम्युनिस्टहरूको उपस्थिति पटक्कै छैन भन्ने आधार कमजोर देखिन्छ । डब्बल नेकपाभित्र यस्तो कमाउनिस्टको लालसा माहामारीका रूपमा कसरी र किन बढयो ? उत्तर सरल छ । डब्बल नेकपाका नेता तथा कार्यकर्ताभित्र पार्टीको नेता बन्न मनग्य पैसा कमाउनु आवश्यक छ, किनभने कम्युनिस्ट पार्टीको नेता बन्नका लागि पनि आफ्नो आर्थिक स्रोत बलियो हुनै पर्छ र जसका लागि कमाउनै परेको छ र उक्त पार्टीबाट संसद बन्न, विभिन्न देशका राजदुतमा नियुक्तिका लागि, देशभित्रका सरकारी संस्था तथा आयोगमा मनोनित हुनका लागि पनि पैसाको आवश्यकता पर्छ, त्यसैले कमाउन आवश्यकछ । डब्बल नेकपामा अहिले पार्टीभित्र घेरै विभागहरू बनेका छन्, तर स्कुल विभागको अध्यक्ष को बन्नेबारे पार्टीभित्रको विवाद सडकमा समेत छताछुल्ल बन्न गयो । किन यसो भयो ? के यो सिद्धान्त र विचारलाई केन्द्रमा राखेर गरिएको मतभेदका कारण भएको हो त ? के यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त, विचार र कार्यदिशा र कार्यक्रमलाई कसले प्रभावकारी रूपले पार्टी कार्यकर्ताहरू बिचमा स्कुल विभागमार्फत लैजाने भन्ने विवादका कारण भएको हो त ?
यी सब कदापी होइन, किनभने के स्पष्ट भएको छ भने माक्र्सवादी दर्शन, वैज्ञानिक समाजवादी सिद्धान्त, माक्र्सवादी राजनीतिक अर्थशास्त्र र समाजविज्ञानआदिवारे गहन अध्यन, गहन विमर्श र व्यापक बहस भन्ने त प्रचण्ड नेतृत्वको माके ओली नेतृत्वको एमालेमा बिलय हुँदाका दिन ती सबैलाई टुकुचामा उनीहरूले बगाइसकेका हुन । त्यसो भए यो पार्टी स्कुल विभागको प्रमुखमा लुँछाचुँडी किन त ? साथै यो प्रश्न पनि त्यत्ति कै उठेको छ कि के यो विवाद दुई जना–नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल बिचमा मात्रै हो त ? हो रूपमा यो दुई जना–नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल बिचको लुँछाचुँडी जस्तो देखिन्छ, सारमा र केन्द्रमा यो दुई अध्यक्ष बीचको लुँछाचुँडी हो भन्ने आधार बलियो छ । डब्बल नेकपाले केही समय अघिदेखि मदन भण्डारीको नाममा एउटा अन्तराष्ट्रिय स्कुल सञ्चालन गर्दै आएको छ । गत वर्ष मसालसित मिलेर उसले देशी तथा विदेशी प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई काभ्रेको धुलिखेलको महंगो होटलमा राखेर अमेरिकन डलरको दरमा प्रशिक्षण भत्ता तथा फि दिएर स्कुलिङ चलाएको थियो । साथै नेपालगञ्ज, पोखराजस्ता ठाउँहरूमा पनि यस्ता स्कुलींग सञ्चालन गरिएका थिए । र प्रशिक्षकमा आफूलाई क्रान्तिकारी माक्र्सवादी भन्ने मोहनविक्रम सिंह र अन्य गैह् क्रान्तिकारी प्रशिक्षकहरू, केही त माक्र्सवाद विरोधी –नेपाली कांग्रेस, राप्रपा तथा अन्य साम्राज्यवादी समर्थक प्रशिक्षकलाई ल्याएर पार्टी स्कुलिङमा प्रशिक्षण दिइएका थिए, त्यसबाट डब्बल नेकपा र मसालका नेता तथा कार्यकर्ताले मनग्य आम्दानी गरेका थिए । र अहिले केही कमाउनिस्ट कम्युनिस्टहरूको पार्टी स्कुल विभागको प्रमुखमा लुँछाचुँडीमा उक्त मनग्य कमाईमा सबैको आंखा पर्न गएको छ र त्यसैको निरन्तरतामा रमाउन चाहनेहरू अहिले यो लुँछाचुँडीमा सक्रियतापूर्वक लागिरहेको देख्निछन् ।
हुन त ओली २०२८ सालमा झापामा भारतीय नक्सालवादी नेता चारू मजुम्दारको कार्यदिशाको प्रभावमा आएर नेपालका केही युवाले खासगरी कोशी, मेचीतर्फ सशस्त्र विद्रोहको रूपमा सामन्तलाई मार्ने काम शुरू गरेका नेतामध्येका एक हुन भने प्रचण्ड २०५२ सालदेखि रोल्पाबाट सुरू गरिएको सशस्त्र विद्रोहको नेतृत्व गरेर त्यसलाई नेपालमा दश वर्षसम्म प्रभावकारी रूपले सञ्चालन गरेका अर्का नेता हुन । तर ती दुवैले अहिले आपसमा मिलेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गठन गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढ गर्ने नेपाली कांग्रेसले पहिलेदेखि लिएको अभिभारा पुरा गर्ने भन्दै हिंडेका छन् । र यिनैका कारण नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी संशोधनवादी धारा नै इतिहासमै सबैभन्दा बलियो देखिएको छ ।
यस्तो दक्षिणपन्थी संशोधनवादी धाराको प्रतिनिधित्व गर्ने पार्टीीभत्र पार्टी स्कुल विभागको प्रमुखमा लु“छाचु“डी हुनु भनेको मूलतः कमाउनिस्ट कम्युनिस्टहरू बिचको आर्थिक फाइदालाई केन्द्रमा राखेर गरिएको झगडा मात्रै हो । र यिनीहरूको दिमागमा आइरहेको चित्र भनेको विगतको धुलिखेल, नेपालगञ्ज, पोखराजस्ता ठाउँहरूका महंगा होटलहरूमा राखेर अमेरिकन डलरको दरमा प्रशिक्षक तथा प्रशिक्षण भत्ता र फि दिएर स्कुलिङ चलाएको विगत हो । कम्युनिस्ट पार्टीको आधारभूतवगमा पार्टीलाई कसरी पु¥याउने भन्ने चिन्ता त यो पार्टीमा छदै छैन् किनभने मजदूर, कृषि मजदूर, गरीब तथा सुकुम्वासी किसानहरू, निम्न मध्यम किसान र शहरीया गरीबहरूको विचमा पार्टीको विस्तार गर्ने कुरा यो स्कुलद्धारा पुरै निषेध गर्ने काम गरिएको छ । यस्तो माक्र्सवाद विरोधी पार्टीका कमाउनिस्ट कम्युनिस्टहरूको बिचमा पार्टी स्कुल विभागको प्रमुखका लागि गरिएको लुँछाचुँडी के का लागि आफै स्पष्ट हुन्छ ।
[email protected]जनधारणा साप्ताहिक


















