प्रधानमन्त्री स्तब्ध ! भारतीय विदेशमन्त्री स्वराजको निधनमा समवेदना व्यक्त

185

काठमाडौं / सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका हुन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गरेका छन् । नेपाल–भारत सम्बन्ध विस्तारमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गरेका छन् ।

यो पनि पढ्नुहोस् :

http://swaviman.com/news/2019/08/07/46909.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here