काठमाडौं –मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयबारे विरोध जनाएको छ ।
साउन २१ देखि तीन दिन चलेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै वैद्य नेतृत्वको पार्टीले भारत सरकारको निर्णयको विरोध जनाएको हो ।
भारत सरकार उपनिवेशबाट मुक्त हुँदै गर्दा कश्मीरका जनतालाई दिइएको विशेषाधिकार खोस्ने निर्णय गलत भएको वैद्यको निष्कर्ष छ ।
भारत सरकारको निर्णयबारे अहिलेसम्म नेपाल सरकार र नेपालका राजनीतिक दलले भने केही बोलेका छैनन् ।


















