मिटरब्याजी असुल गर्ने कलवार पक्राउ

66

काठमाडौ, स्थानीयलाई ऋण दिएर मिटरब्याजी अलुल गर्ने सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी) पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार साँझ सर्लाहीबाट पक्राउ गरेको हो । कलवारले आफूले दिएको ऋण भन्दा कयन् गुणाको तमसुक गरेर गरिब किसानहरुबाट असुल गर्नेगरेको आरोप लागेको छ । पक्राउ परेका कलवारमाथि ठगी मुद्दा चलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको मिटरब्याजीबाट पिडित किसानहरुले आफूहरु ठगीएको भन्दै न्याय खोज्न काठमाडौ आएका छन् । उनको ठगी धन्दाका बारेमा पिडितले पटक पटक आवाज उठाएपनि उनी कहिले भागेर इन्डिया जाने त कहिले उल्टै पिडितहरुलाई धम्क्याउने गर्दै आएका थिए ।

उनल स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएको र त्यसबापत ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here