‘दासढुंगा : च्याप्टर २’ – निर्माण इजाजत नदिँदा अन्योलता

184

रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर निर्माण भएको फिल्म ‘दासढुंगा’ प्रदर्शनको करीब एक दशकपछि यसको दोस्रो पार्ट  ‘दासढुंगा : च्याप्टर २’ निर्माण हुँदैछ ।

त्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा आधारित  फिल्म कुमार भट्टराईले  निर्देशन गर्दैछन् ।

तर, नेपाली चलचित्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले निर्माण इजाजत नदिँदा फिल्म निर्माण हुने वा नहुनेमा अन्योलता श्रृजना भएको छ । बोर्डले राय–सुझावका लागि फिल्मको कथासार मदन भण्डारी फाउन्डेसनलाई पठाएको छ ।

 मदन भण्डारी फाउन्डेसनले स्क्रिप्ट अध्ययन गरेपछि निर्माणका लागि इजाजत दिने अस्वीकृत गरेको चर्चा छ ।

भने बोर्डका अध्यक्ष केशव भट्टराई भने आफूले निर्माण इजाजतका लागि नरोकेको र सम्पूर्ण प्रक्रिया पूरा भएपछि फिल्मलाई निर्माण इजाजत दिइने कुरा सञ्चारमाध्यमलाई जनाउँदै आएका छन् ।

उनले कसैको विषयमा फिल्म बनाइन्छ भने सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति लिन आवश्यक हुने कुरालाई ध्यानमा राखेर बोर्डले त्यही काम गरेको जनाउँदै मदन भण्डारी फाउन्डेसनलाई ‘यस्तो कथासार आएको छ यो माथि फिल्म बनाउन दिने कि नदिने’ भनेर लिखित रुपमा पत्र पठाएको जनाएका छन् ।

त्यहाँबाट कुनै जवाफ नआएको समेत उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here