नेपाल अफ्रिका फिल्म फेस्टिबल हुँदै

197

काठमाडौं / आगामी कात्तिक १६ गतेबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल हुने भएको छ । कात्तिकको तेश्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपला र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ ।

महोत्सब काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा तीन दिनसम्म आयोजना हुने महोत्सब अध्यक्ष एवम् कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनकी अध्यक्ष मञ्ज मिश्रले जनाएकी छिन् ।

“महोत्सबका लागि नेपाल र अफ्रिकाबाट प्राप्त चलचित्रहरुबाट आबस्य चलचित्र चयन गरिसकिएको छ,” अहिले आफूहरु महोत्सबको तयारीमा जुटेको महोत्सब अध्यक्ष मिश्रले जनाइन् ।  स्वदेशी र अफ्रिकी फिल्म प्रदर्शन गरिने दक्षिण एशियाकै यो पहिलो फिल्म महोत्सब हो । आफ्रिकाका कतीपय विपन्न मुलुक नेपालको अबस्था उस्तै रहेको, जीवन शैली र फिल्म निर्माणको अबस्था पनि उस्तै रहेकाले ७ वर्ष अघिबाट नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु गरिएको पनि अध्यक्ष मिश्रले जनाइन् ।

मिश्रका अनुसार यस पटक नेपाल र अफ्रिका गरेर महोत्सबका लागि कुल २५ वटा लामा र छोटा चलचित्र, बृत्तचित्र एवम् कार्टु फिल्म चयन गरिएको छ । जसमा नेपालबाट १३ ओटा चलचित्र रहेका छन् । बाँकी १२ ओटा चलचित्र अफ्रिकाका विभिन्न देशबाट रहेको पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छिन् ।

यसपटक अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी÷नर्वे÷जर्मनी र बेलायतका सिनेमा रहेका छन् । यसरी महोत्सबमा नेपाल सहित १२ देशका फिल्महरु प्रदर्शन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here