काठमाडौं / जुम्लाकाे कनका सुन्दरी गाउँपालिका-२ मालिकाबोटा बस्ने प्रेम ऐरीको गोठमा सोमबार राति आगलागी हुँदा ऐरीकी श्रीमती भोटिनी ऐरीको निसास्सिएर मृत्यु भएको छ । साथै गोठ जलेर नष्ट भएको छ ।
यसका साथै धनकुटाकाे सहिदभूमी गाउँपालिका-३ छुमला बस्ने ६७ वर्षीय मानबहादुर राईको भान्सा घरमा खाना पकाउने क्रममा सोमबार राति आगलागी हुँदा घर, काठपात, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, नगद र सुन चाँदी समेत जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















