काठमाडौं / नेकपा माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । दुर्घटनामा परी महासचिव मनौली गम्भिर घाइते भएका छन् । उनको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ ।
झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । महोत्तरीबाट महासचिव मैनाली र उनको परिवारका सदस्यहरु काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो ।
सीपी मैनाली सहित घाइतेहरुको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।


















