लाखौँ मान्छेकाे ज्यान लिने अनाैठाे फोन

225

एजेन्सी  – अहिलेको जमानामा टेलिफोन जस्ता सूचना प्रविधिका माध्यमहरु लाखौँ मानिसलाई अकालमा मर्नबाट जोगाउने साधन बनिरहेका छन् । तर यहीँ टेलिफोन इतिहासमा कुनै समय लाखौँ मानिसको मृत्युको कारण बनेको थियो ।

त्यस बेला  खुनी टेलिफोनको कहानी एक दर्दनाक छ । यस घटना सन् १९४० को दशकमा लाखौँ मानिसको ज्यान लिने साधन बनेको यो टेलिफोनको सन् २०१७ मा अमेरिकामा लिलामी भएको थियो । करिव ३ करोड रुपैयाँभन्दा बढी मूल्यमा यसको लिलामी भएको थियो । यद्यपि यो फोन कसले किनेको हो भन्नेबारेमा चाहीँ केही खुलाइएन ।

उक्त  टेलिफोन जर्मनीका खुङ्खार तानाशाह हिटलरको टेलिफोन हो । कालो रङको त्यो टेलिफोनमा पछि रातो रङ पोतिएको थियो । उक्त फोन सेटमा हिटलरको नाम तथा स्वस्तिक चिन्ह पनि रहेको छ । समाचार अनुसार दोश्रो विश्वयुद्धको समाप्तिसँगै यो टेलिफोन सन् १९४५ मा बर्लिनस्थित हिटलरको बंकरबाट बरामद गरिएको थियो । त्यसयता यो फोनलाई एउटा बाकसमा सम्हालेर राखिएको थियो । अन्ततः सन् २०१७ मा यसको लिलामी गरियो ।

वेरमेचले हिटलरलाई उक्त फोन प्रदान गरेको थियो । यो फोन लाखौँ मानिसको हत्याको साधन बनेको थियो । किनकी १९४० को दशकमा हिटलरले यहीँ फोनबाटै दोश्रो विश्वयुद्धका दौरान नाजी सैनिकहरुलाई आदेश जारी गर्दथे । अनि बन्धक बनाइएका मानिसहरुले नाजी सेनाले गोली हानेर वा ग्यास च्याम्बरमा हालेर हत्या गर्दथे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here