रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने

147

काठमाडौँं । नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा जेल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो केही समयदेखि पराग्वेको जेलमा रहेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्ने र मुद्धा लड्न वकिल पनि मगाउने जनाएका हुन् । मेस्सीले बार्सिलोनाको सुरुवाती करियरमा रोनाल्डिन्होको साथमा रहेर खेलेका थिए । मेस्सी र रोनाल्डिन्हो मिल्ने साथी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here