विदेशी जहाजमार्फत आफ्ना नागरिक फर्काउदैं

152
काठमाडौं – नेपालबाट धमाधम विदेशी मुलुकहरुले आफ्ना नागरिक लैजादै छन् ।
शनिबार युरोपेली युनियनअन्तर्गत विभिन्न मुलुकका ६ सय ८ जना यात्रुसहित दुई जहाज युरोपका लागि उडेका छन् । त्यसमध्ये जर्मनीले एउटा जहाज चार्टर्ड गरेको हो भने फ्रान्सले अर्को जहाज चार्टर्ड गरेको हो ।
 शनिबार नै मलेसिया र सिंगापुरका गरी कुल ६६ यात्रु बोकेर मालिन्दो एयरको जहाज क्वालालाम्पुर उडेको छ ।
विदेशी  मुलुकले जहाजको प्रवन्ध गरी यात्रुलाई सम्बन्धित मुलुकमा फर्काइरहेका छन् ।
नेपालस्थित फ्रान्सेली दूतावासका आज फ्रान्सका १७९ जनासहित अन्य १२४ युरोपेली युनियनभित्रका यात्रु बोकी एक जहाज पेरिसतर्फ उडेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here