एसियाकाे सबै भन्दा सानाे राष्ट्र माल्दिभ्सबारे रोचक तथ्य

608
एजेन्सी – एसियाको सबैभन्दा ठूलो देश चीन हो भने सबैभन्दा सानो देश कुन हो ? धेरैलाई थाहा नहुन सक्दछ कि एसियाको सबैभन्दा सानो देश हाम्रै दक्षिण एसियाली मुलुक माल्दिभ्स हो ।

सन् १९६५ मा ब्रिटिस साम्राज्यबाट मुक्त भएको माल्दिभ्समा सन् १९६८ सम्म राजतन्त्र थियो । सन् १९६८ को नोभेम्बर ११ मा ८ सय ५३ वर्ष पुरानो राजतन्त्र समाप्त गर्दै माल्दिभ्स गणतान्त्रिक मुलुक बनेको थियो ।

माल्दिभ्स क्षेत्रफलमा मात्र नभै जनसंख्याको हिसाबले पनि एसियाको सबैभन्दा सानो मुलुक हो । यो देशको जनसंख्या झण्डै ५ लाख मात्रै रहेको छ भने कूल क्षेत्रफल झण्डै २ सय ९८ वर्ग किलोमिटर ।

माल्दिभ्स टापुहरुको देश पनि हो । यहाँ साना ठूला गरी ११ सय ९२ वटा टापुहरु रहेका छन् । जसमध्ये केवल २ सय टापुहरुमा मात्रै स्थायी मानव बसोबास रहेको छ । कतिपय टापुहरु केवल पर्यटकहरुका लागि मात्र रहेका छन्, जहाँ अत्यन्तै आकर्षक होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । हरेक वर्ष झण्डै ६ लाख पर्यटकहरु माल्दिभ्स घुम्न जाने गरेका छन् ।

माल्दिभ्स एक मुस्लिम देश हो । तर १२ औँ सताब्दीसम्म त्यहाँ हिन्दु राजाहरुको सासन थियो । पछि माल्दिभ्स बौद्ध धर्मको केन्द्र पनि बन्यो र विस्तारै पूर्णरुपमा मुस्लिम देशमा परिणत भयो ।

माल्दिभ्सको एउटा खास विशेषता के भने कुनैपनि गैर मुस्लिम व्यक्तिहरु माल्दिभ्सको नागरिक बन्न सक्दैन ।

माल्दिभ्स विश्वको सबैभन्दा होचो भुभागमा रहेको देश हो । यो समुद्रबाट केवल डेढ मिटर मात्रै उचाइमा रहेको छ ।

सन् २००९ मा माल्दिभ्समा विश्वमै पहिलोपटक पानीमुनि मन्त्रीपरिषदको बैठक बसेको थियो । र, तत्कालीन राष्ट्रपति मोहम्मद नाशिदले उक्त बैठकको अध्यक्षता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here