कोरोना सम्बन्धी वैकल्पिक चिकित्सा निर्देशिका जारी

204

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो निर्देशिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट घरमा उपलब्ध जडिबुटीको प्रयोगबाट कसरी इम्युनिटी पावर बढाउन सकिन्छ भन्ने विषय उल्लेख भएको बताए।

उनले भने,‘क्वारेन्टटाइमा रहेको र लकडाउनका कारण घरमा बसेका व्यक्तिहरुले निराशापन, डिप्रेसन कम गर्न योगाभ्यास र रिकभरीपश्चात् पुनस्थापनाका लागि आयुर्वेद र वैकल्पिक चिकित्साको माध्यमबाट कसरी गर्न सकिन्छ भन्ने उल्लेख छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here