गृह मन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई यस्तो कडा निर्देशन दियो

175

काठमाडौं – सरकार विरोधी क्रियाकलाप बढेसंगै गृह मन्त्रालयले  ७७ वटै जिल्लाका सीडीओलाई  सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने जस्ता कुनै पनि गतिविधि गर्न नदिन  निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जनाए ।
पछिल्लो समय सरकारको गतिविधिको तिव्र रुपमा विरोध भइरहेको छ । बिहीबारमात्रै कोभिड–१९ रोग नियन्त्रणमा सरकार असफल भएको भन्दै बालुवाटार घेराउ गर्न पुगेको ठूलो भीडलाई अश्रुग्यास र पानीका फोहोरा हानेर नियन्त्रणमा लिइएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here