सरिता गिरीलाई भारतकाे नाकाबाट फर्काइयो

135

सिराहा – भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।

चालक र गाडीसहित गिरी हिजाे दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले फर्काएको बुझिएको छ ।

सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ । गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here