नेपालमा कोरोना भाइरस संक्रमितकाे २२ हजार ३ सय ९० पुग्याे

68

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ। साथै १३० जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार १ सय ५६ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here