भारतमा काेराेना सङ्क्रमित करिब ६० लाख पुग्याे, ९४ हजारको मृत्यु

119

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ सङ्क्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । दुई लाख ६९ हजार ५३५ जना सङ्क्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख एक हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३३६ जनामा सङ्क्रमण सक्रिय अवस्थामा रहेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर सात करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here