सांसद, मन्त्रीलाई दसैँ भत्ता नबाँड, बाँडेको रकम फिर्ता गर: विवेकशील

136

काठमाडाैं – विवेकशील नेपाली दलले वागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दिएको दशैँ भत्ता कोभिड –१९ को माहामारीको समयमा दिन अनुकूल नभएको बताएउदै उक्त रकम फिर्ता गर्न आह्वान पनि गरेको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफना दलका सांसदहरूले उक्त रकम नलिने बताउदै अन्य सांसदहरूलाई पनि सो रकम नलिन अपिल पनि गरेको छ ।

उपाध्यक्ष अजीता राईले एक प्रेस बिज्ञप्ति जारी गर्दे वागमती प्रदेश सभामा हाम्रा सांसदहरूले महामारी अवधिभर सांसद, मन्त्री तथा सल्लाहकारहरूको तलब सुविधामा कम्तीमा २५ प्रतिशत कटौती गर्न र सांसदहरूलाई निर्वाचन क्षेत्रमा विकास गर्न भनी छुट्याइने कोष कम्तीमा २ वर्षलाई भए पनि स्थगन गर्न पटक पटक आवाज उठाएको स्मरण गराउदै प्रदेश सरकारले फजुल खर्च बढाइरहेको आरोप लगाएको छ ।

‘आम सर्वसाधारण नागरिकहरु रोग र भोकले एकैसाथ तड्पिरहेको अहिलेको अवस्थामा सांसद, मन्त्रीहरूले दसैँ खर्च लिनु सर्वथा अनुचित कार्य हो, ‘राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ अतः हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दसैँ खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here