पार्टीमा गम्भीर सङ्कट उत्पन्न : अर्थमन्त्री पौडेल

30

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको  जनाएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएको बताएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन, ‘आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुरोध गर्दछु ।’

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन् ।

दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेको छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here