कोरोनाविरुद्धको खोप कोलम्बियाले फेब्रुअरीदेखि दिने तयारीमा

192
NOVOSIBIRSK REGION, RUSSIA - DECEMBER 16, 2020: A medical worker during COVID-19 vaccination with the EpiVacCorona vaccine developed by Novosibirsk's Vector State Research Center of Virology and Biotechnology at a vaccination center of the Toguchin central district hospital. The first ones to get the vaccine are members of the medical staff and community workers. Kirill Kukhmar/TASS Ðîññèÿ. Íîâîñèáèðñêàÿ îáëàñòü. Ìåäèöèíñêèé ðàáîòíèê âî âðåìÿ âàêöèíàöèè îò êîðîíàâèðóñíîé èíôåêöèè âàêöèíîé "ÝïèÂàêÊîðîíà", ðàçðàáîòàííîé íîâîñèáèðñêèì íàó÷íûì öåíòðîì "Âåêòîð", â ïðèâèâî÷íîì êàáèíåòå ïîëèêëèíèêè ïðè Òîãó÷èíñêîé öåíòðàëüíîé ðàéîííîé áîëüíèöå. Ïåðâûìè ïðèâèâàþòñÿ ìåäèöèíñêèé ïåðñîíàë è ðàáîòíèêè ñîöèàëüíûõ ñëóæá. Êèðèëë Êóõìàðü/ÒÀÑÑ

खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए ।

स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको रुपमा खोप दिने कार्य भने यही हप्तादेखि जनवरीको पहिलो हप्तासम्ममा सुरु हुन सक्ने पनि बताए ।

सरकारले आफ्ना नागरिकका लागि सबैभन्दा राम्रो गुणस्तरको खोप ल्याउनेगरी गृहकार्य गरिरहेको पनि राष्ट्रपति इभानको भनाई थियो ।

कोलम्बियामा अहिलेसम्म १५ लाखभन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

उनले भने, आफ्ना जनतालाई जोगाउन खोप लगाउनु हाम्रो अनिवार्य जिम्मेवारी हो, हामीले त्यसका लागि गृहकार्य गरिरहेका छौँ, आगामी फेब्रुअरीदेखि आमरुपमा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।

उनले खोप ल्याउने र आम रुपमा लगाउने कार्यका लागि आफूले काम गरिरहेको पनि जानकारी दिएका छन् ।

त्यसका लागि भइरहेका सबै प्रक्रिया अत्यन्त महत्वपूर्ण भएको र सन्तोषजनक तरिकाले अगाडि बढीरहेको पनि उनले बताए । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here