विश्वभर काेराेनाबाट मृत्यु हुने संख्या २० लाख ३९ हजार नाघ्यो

66

एजेन्सी  ।  महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-९) का कारण विश्वभर २० लाख ३९ हजार २६० जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ९ करोड ५४ लाख ८४ हजार ६६६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, ६ करोड ८१ लाख ७० हजार २६० जनाको उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ४ लाख ०७ हजार २०२ जनाको मृत्यु भएको छ भने २ करोड ४४ लाख ८२ हजार ०५० जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ८२ हजार भन्दा बढी छ । ब्राजिलमा २ लाख ०९ हजार ८६८, भारतमा १ लाख ५२ हजार ४५६, स्पेनमा ५३ हजार ३१४, फ्रान्समा ७० हजार २८३, बेलायतमा ८९ हजार २६१ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा २ लाख ६७ हजार ३२२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १९५९ को मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here