प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शनमा उत्रेका अधिकारकर्मी प्रकाउ

55

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनमा उत्रेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले दर्जन बढी प्रर्दशनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ।  प्रतिनिधि सभा विघटन विरुद्ध उत्रेकाहरूले ‘ओलीतन्त्र मुर्दावाद’, प्रतिनिधि सभा विघटन फिर्ता गर, मानव अधिकारको सम्मान गर, प्रहरी दमन बन्द गर’ लगायतका नारा लगाएका थिए।  निषेधित क्षेत्रमा विरोध प्रर्दशन गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here