ल्यापटप चोरी गरेको अभियोगमा पक्राउ

64

मोरङ – ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका-८ वाल्मिकी चोक घर भएका २२ वर्षीय रमेश कुमार यादवको ल्यापटप चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न  बस्नेतलाई विराटनगर महानगरपालिका-९ ट्राफिक चोक नजिकबाट चोरी गरेको ल्यापटप
सहित पक्राउ गरेको हो ।

उनी उपर चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here