इराकसँग मैत्रीपूर्ण खेल्न यसरी प्रशिक्षण गर्दै नेपाली फुटबल टिम

215

काठमाडौं । घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली राष्ट्रिय टोलीले धमाधम प्रशिक्षण अघि बढाएको छ। शनिबार हुने मैत्रीपुर्ण खेलका लागि बुधबार इराक पुगेको नेपाली टिमले बिहीबार राति बासरा अन्तर्राष्ट्रिय मैदानमा प्रशिक्षण गरेको हो।

नेपाली टिमसँगै राष्ट्रिय खेलकुद परिषदक सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीसमेत इराक गएका छन्। उनीहरु दुवै जनाले टिम मेनेजर मधुसुदन उपाध्यायसँगै नेपाली टिमको प्रशिक्षणसमेत हेरेका छन्।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेलका लागि कुवेत प्रस्थान गर्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा आयोजना गर्नुपर्ने खेलस्तरीय संरचनाको अभावमा तटस्थ भूमिको रुपमा नेपालले कुवेतमा खेल्न लागेको हो।

नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन्।

केही तस्वीर झलक :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here