जारी साफमा भारतको यो पहिलो जित हो। यसअघि भारतलाई श्रीलंका र बंगलादेशले बराबरीमा रोकेका थिए। नेपालको भने यो पहिलो हार हो।
साफको अंक तालिकामा माल्दिभ्स ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नेपालको पनि ६ अंक छ। भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ भने बंगलादेशको ४ अंक छ। श्रीलंका भने बाहिरिसकेको छ। समूह चरणको अन्तिम दिन नेपाल र बंगलादेश तथा भारत र माल्दिभ्सबीच खेल हुँदैछ।
नेपालले बंगलादेशलाई पराजित गरे वा कम्तीमा बराबरीमा रोकेमात्र फाइनलयात्रा तय गर्नेछ।


















