एजेन्सी । यो थोत्रो भलिबल हो । माथिपट्टि भवाङ परेको यो भलिबल लिलामीमा ३ लाख ८ हजार डलरमा विक्री भएको छ । अर्थात् यसको मूल्य ३ करोड नेपाली रुपैयाँभन्दा बढी परेको छ ।
टम ह्यान्क्स मानवरहित टापुमा एक्लो बाँचेको कथामा आधारित चलचित्रमा यसको प्रयोग भएको हो । चलचित्रमा उनको नाम विल्सन थियो । एक्लो हुँदा उनको साथी यही भलिबल थियो ।

















