सभापतिका लागि प्रकाशमान सिंहकाे उम्मेदवारी

91

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ । अहिले भृकुटीमण्डपमा मनोनयन दर्ताको काम चलिरहेको छ । कुन समूहबाट को को उम्मेदवार हुने भन्ने निश्चित भएको छैन ।

सभापतिका लागि प्रकाशमान सिँहले भने कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्दै छन् । उनको समूहबाट गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला उपसभापति उठ्ने पक्का भएको छ ।

सिंहको समूहबाट महमन्त्री को उठ्ने तय भएको छैन । अहिले उनकाे समूहकाे उम्मेदवारी घोषणा सभा चलिरहेकाे छ ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी दिने समय  महाधिवेशन निर्वाचन समितिले तोकेकाे  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here