चीनमा विवाहका लागि ऋणको समेत व्यवस्था

62

एजेन्सी । घर, जग्गा, व्यापार व्यवसायका लागि ऋण त सुन्नभएकै होला । तर, विवाह र प्रजननसम्बन्धी ऋणबारे कमै सुनिएको छ । चीनमा विवाह र प्रजनन ऋणको समेत व्यवस्था गरिएको छ ।

चीनको उत्तरपूर्वी राज्य जिलिन प्रान्तमा विवाह र प्रजनन ऋणको घोषणा गरिएको छ । उक्त प्रान्तले जोडीहरुलाई विवाहका लागि प्रोत्साहित गर्न निकै कम ब्याजमा ऋणको व्यवस्था गरेको हो । प्रत्येक जोडीले विवाह र बच्चा उत्पादनका लागि ३१ हजार ४ सय डलर अर्थात् ३५ लाख नेपाली रुपैयाँ बराबरको कम ब्याजी ऋण पाउनेछन् ।

चीनमा पछिल्लो समयमा जन्म दर निकै घटेको छ । यसले त्यहाँको जनसंख्या घट्ने देखिएको छ । भविष्यमा युवा जनशक्ति निकै कम हुनगई चीनले ठूलो चुनौती झेल्नसक्ने भएपछि विवाह र बच्चा जन्माउन जोडीहरुलाई प्रोत्साहित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here