आज नेप्से ओरालो लाग्यो

84

काठमाडौं ।  सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि गिरावट देखिएको छ। पुँजी बजार मापक परिसूचक नेप्से सोमबार ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दुमा झरेको छ। पहिलो कारोबार दिन आइतबार पनि बजारमा २९.६० अंकले घटेको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दुमा झरेको छ। नेप्से परिसूचक १.७५ प्रतिशतले घटेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.८२ अंकले घटेर ४४४.१५ बिन्दुमा झरेको छ।  आज कूल २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह घटेका छन्। सोमबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ  अघिल्लो कारोबार दिन पनि फाइनान्स समूहनै सर्वाधिक घटेको थियो।   आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। यस बैंकको  चार करोड ९६ लाख २६ हजार ५ सय ५५ रूपैयाँको कारोबार भएको हो।

सोमबार पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर दुई हजार ७३७.७० पैसा पुगेको छ।  अघिल्लो कारोबार दिन पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।   आज एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ। आज कम्पनीको सेयरमूल्य आज ८.३३ प्रतिशतले घटेर ५५० रुपैयाँमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here