बालुवाटारमा मन्त्रिपरिषद्मा बैठक बस्दै

62

काठमाडौं । मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।  युवा तथा खेलकुद मन्त्री महेश्वर जंग जहतराजले प्रधानमन्त्री शेरबहादुर देउवाले ३ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको जानकारी दिनुभयो ।

यसअघि एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसक्नुभएको छ ।  सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रममन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here