प्रतिनिधिसभा चुनाव हँसिया हथौडाबाटलड्दै बाबुराम र वामदेव

106

काठमाडौं । डाक्टर बाबुराम भट्टराई र वामदेव गौतमले नेकपा मा‌ओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्ने भएका छन्।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले चुनाव चिन्ह दिने स्वीकृति गरेको हो। नेपाल समाजवादी पार्टी(नेसपा)गठन गरेका भट्टराई केही समय यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवादमा थिए।

यस्तै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका गौतम पनि चुनावका विषयमा माओवादी केन्द्रसँग सहकार्य गर्न पुगेका हुन्। गौतम र भट्टराईले मा‌ओवादीसँग केही सर्तहरू पनि राखेको र त्यसबारेमा छलफल हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। मंसिर ४ गतेका लागि घोषणा भएको  प्रदेश तथा प्रतिनिधि सभामा गौतम र भट्टराई माओवादीसँग सहकार्य गर्ने निर्णयमा पुगेका थिए।

‘उहाँहरूको सर्त छन् त्यसबारेमा पनि छलफल गर्छौँ,’महराले भने। माओवादी केन्द्रले चुनावबारेमा छलफल गर्न भोलि फेरि स्थायी कमिटीको बैठक बोलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here