सुमित दास रञ्जितकार सम्पदा विभागकाे सचिव पदमा मनाेनित

369

काठमाडाैं । करिब सात बर्षदेिख सम्पदा सम्बन्धी काममा निन्तरमा लागिरहनु भएकाे सम्पदा अभियान्ता, भाषिक अभियन्ता एवम् समाजसेवी सुमित दास रञ्जितकार सम्पदा विभागकाे सचिव पदमा मनाेनित हुन सफल भएकाे छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), काठमाडौं महानगर कमिटीको  पूर्ण बैठक गत २०७९ साउन १५ गते काठमाण्डौ ब्याङक्वेट थापागाउँ, बानेश्वरमा महानगर कमिटीका अध्यक्ष कमरेड निर्मल देउलाको अध्यक्षतामा पार्टीका शीर्ष नेताहरूकाे उपस्थितीमा भएकाे बैठकबाट मनाेनित भएकाे हाे । 

साे पूर्ण बैठकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य क. कृष्ण गोपाल श्रेष्ठ, केन्द्रिय सदस्य एवम् काठमाडौं जिल्ला सहइन्चार्ज माननीय नारायण सिलवाल, केन्द्रिय सदस्य एवम् काठमाडौ जिल्ला सहइन्चार्ज क. विद्यासुन्दर शाक्य, प्रदेश कमिटी सदस्य एवम् महानगरका सहजकर्ता क विदुर मैनाली, जिल्ला कमिटीका सचिव एवम् महानगर इन्चार्ज क. राजेश शाक्यको उपस्थितीमा रहेकाे थियाे ।

सम्पदा विभागकाे सचिव पदमा मनाेनित भएपछि नेकपा एमालेले युवाहरूलाई नेतृत्व गर्न अवसर दिनु भएकाे आभार प्रकट गर्दै  सुमित दास रञ्जितकारले भने – आफ्नो टाेली देशमा रहेका मूर्तअमूर्त सम्पदा संरक्षण सम्बद्र्धनमा  पहल गरेर पर्यटकीय क्षेत्रकाे विकास गर्ने जनाउँदै आगामी दिनमा कामनपाको ३२ वडाहरुमा नै वडास्तरीय सम्पदा संरक्षण विभागहरूविस्तार गर्ने योजना समेत रहेको उल्लेख गरे ।

सचिव पदमा मनाेनित भएपछि सुमित दास रञ्जितकै पहलमा कामपा वडा नं. २१ पद्म सुगन्धमार्गमा रहेकाे पूरानाे चाेकलाई रञ्जित चुक नामाकरण गरी परम्परागत शैलीमा निर्माण कार्य अघिल्लाे बर्ष निर्माण सम्पन्न गर्नुका साथै  करिब १६ बर्ष पूरानाे लिच्छिवीकालीन  एैतिहासिक महत्व बोकेको यंगा हितिकाे सरसफाई गरेका थिए । साथै  रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए नेपाल भाषा अभियान सफल बनाउन समेत महत्वपूर्ण भूमिका निभाएका रञ्जितकार नेवाः विध्यार्थी युनियनका सदस्य समेत हुन् ।

साे कार्यक्रममा नेकपा एमाले काठमाडौं महानगर कमिटीको  पूर्ण बैठकबाट संगठन विभागमा क. सफल श्रेष्ठ,  सम्पदा विभागको सदस्य पदमा क. विजय शर्मा र रचना कर्माचार्य मनाेनित भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here