शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि पुस्तक

93

काठमाडौं । कालिकोटको महावै गाउँपालिका ५ का रोशन विष्ट स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।

शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि उनले किताब पाएका छैनन्। ‘किताब नहुँदा कापी बोकेर स्कुल जान्छौं, शिक्षकले कालोपाटीमा लेखेका अक्षर सारेर फर्कन्छौं’, रोशनले भने, ‘किताबबिना नै गरिएको अध्ययनको नतिजा कस्तो होला?’

रोशनी परियार सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छिन्। उनको कक्षामा २४ जना विद्यार्थी छन्। कुनै पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। ‘किताबबिना नै स्कुल आउन थालेको चार महिना भयो’, रोशनीले भनिन्, ‘कहिले किताब आउने हो र पढेर पास भइने हो थाहा छैन।’

हुम्लाको सिमकोट गाउँपालिकामा २३ वटा सामुदायिक विद्यालय छन्। यी विद्यालयमा अध्ययनरत कुनै पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। शिक्षा शाखा प्रमुख वर्ष फडेराले किताब नआइपुग्दा विद्यार्थी समस्यामा रहेको बताए।

‘एजेन्टमार्फत आउनुपर्ने किताब अहिलेसम्म आइपुगेका छैनन्’, उनले भने, ‘शिक्षकले सन्दर्भ सूची हेरेर पढाउनुपर्ने बाध्यता छ।’ सिमकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सदरमुकामकै अवस्था यस्तो हुँदा बाँकी पालिकाका विद्यालयको अवस्था कस्तो होला ?

सडक सञ्जालले जोडिएको कालिकोट र सडक नै नपुगेको हिमाली जिल्ला हुम्लामा मात्रै होइन, प्रदेश राजधानीको जिल्ला सुर्खेतमै विद्यार्थीका हातमा पाठ्यपुस्तक छैन। प्रदेश राजधानी वीरेन्द्रनगरको जेठो विद्यालय जननमुना माविले पाठ्यपुस्तक नहुँदा वैकल्पिक माध्यमबाट पढाउँदै आएको छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here