सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि

43

काठमाडौँ।  डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा बोल्दै उनले निर्वाचन उत्साहजनक भएपनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा आफ्नो एक प्रतिनिधि सामेल गराउन नदिएकोप्रति उनले असन्तुष्टि जनाएका हुन्।

उनले लाइभमा बोल्दै भनेका छन्, ‘हामीले निर्वाचन अधिकृत, यहाँको डिएसपीसमेतलाई फोन गरेका बुझेका थियौँ उहाँहरुले एकजना मान्छे राख्न पाइन्छ भन्नुभएको छ तर यहाँ हामी कसैलाई पनि भित्र जान दिइएको अवस्था छैन।’

उनले ब्यालेट बक्स जोगाइदिनसमेत आग्रह गरेका छन्। उनले पैसाको खोलो बगाउने खेललाई आफूहरुले पर्दाफास गरेको बताउँदै अब बुथ जोगाउन समस्या रहेको बताएका छन्।

उनले देशभर नै दलीय ग्रहण व्यापक रहेको बताउदै उनले डडेलधुरामा बसेर न्याय पाउन निकै कठिन रहेको बताएका छन्। उनले डडेलधुरावासीलाई आग्रह गर्दै कुनैपनि गाडी बाहिर गए त्यसको भिडियो लिन र जंगलहरुमासमेत मान्छे बसिदिन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here