राष्ट्रपतिको चुनावमा माकेले सहयोग नगर्ने कुरा कल्पनाभन्दा बाहिर : केपी

41

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले असहयोग गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले राष्ट्रपतिको विषयमा माओवादीसँग पहिला नै सहमति भइसकेको स्पष्ट पारे ।  राष्ट्रपतिको चुनावमा माओवादीले साथ दिँदैन कि भन्ने कुरा कल्पना बाहिरको भएको बताएका छन्  ।

राष्ट्रिय सहमतिका साथ एमालेका उम्मेदवार राष्ट्रपति निर्वाचित हुने ओलीले स्पष्ट पारे । पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै दल र राजसंस्थाबीच सहकार्यको प्रस्ताव गरेको प्रसंगमा ओलीले त्यस्तो प्रस्तावको कुनै अर्थ नरहेको बताए । ज्ञानेन्द्र शाह आफैं अलमलमा भएकाले त्यस्तो प्रस्तावको कुनै अर्थ नभएको ओलीको स्पष्टोक्ति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here