नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग

86
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले गलत स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै रोक्न माग गरेको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विरोध जनाउँदै उसले बेथितिविरुद्ध आएको रास्वपाले अरू दलको गलत कर्मको भारी नबोक्ने जनाएको हो।

‘यो देशका नागरिकताविहीनहरूलाई नागरिकता दिन होइन, अरू कुनै स्वार्थले विधेयक प्रमाणीकरण भएको छ, हामी यसको घोर विरोध गर्छौं।  नागरिकता पाउनुपर्छ, यो राज्यको दायित्व हो। हामीले केही अध्ययन गरेका छौं, मधेसका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान पाउँदैनन्। यो राज्यले नागरिकता नदिएर उनीहरूले पोषणभत्ता समेत पाएका छैनन्। बैंकमा खाता खोल्न सकेका छैनन्।

राज्य आफ्नो दायित्वबाट विमुख हुने, हिजो लामो समयसम्म राजनीति गरिरहेकाहरू आफ्नो दायित्वबाट पर जाने, यो सार्वभौम संसदमा आएको बेथितिविरुद्ध उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको भारी बोक्ने छैन, हाम्रो यसमा समर्थन छैन,’ प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने।

उनले नागरिकता विधेयक राजनीतिक कुरा रहेको नेपालको सुरक्षासँग जोडिएको विषय भएको जनाए। त्यस्तै मानवअधिकार र भूराजनीतिसँग जोडिएको विषय भएकाले सरकारले सच्याउनुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here