काडमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक सेन्टरले जनाएको छ ।
सेन्टरमा उपचाररत पौडेलको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रत्न मणि गजुरेलले जानकारी दिए । गत असार २ गते सेन्टरमा भर्ना भएका पौडेलको मुटुमा पेसमेकर राखिएको छ ।
मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा गत मंगलबार पेसमेकर राखिएको हो । त्यसअघि पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए । बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नसा खुलाइएको थियो ।


















