शिक्षा कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिए

99

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन्।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। निजी विद्यालयका सञ्चालकहरुले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको जनाएका छन्।

सरकारले निजी विद्यालयका सञ्चालकहरुलाई प्रोत्साहन हुने गरी ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरु नै तयार नगरी विधेयक दर्ता गरेको आरोप लगाएका छन्।

उनीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा साउन २४ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। यस्तै, साउन २५ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरक्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यक्रम छ।

यस्तै, साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्नेजस्ता कार्यक्रम रहेका छन्।

प्याब्सन अध्यक्ष डीके ढुङ्गानाले सरकारले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याएका कारण आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जनाए । नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले शिक्षा विधेयक सबैलाई समेट्ने गरी आउनुपर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here