लाओसविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

86

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अलवर्टो ऐनिसले बुधबार २३ सदस्यीय टिमको घोषणा गर्नुभएको हो ।

नेपालले लाओससँग होम एन्ड अवे पद्दतिमा प्लेअफ खेल्दैछ । नेपालले दशरथ रङ्गशालामा बिहीबार साँझ पहिला लेगमा लाओसविरुद्ध खेल्दैछ ।

टिममा किरण लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, अनन्त तामाङ, आसिस गुरुङ, रोहित चन्द, अन्जन राई, आसिस चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here