गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण : पूर्वसभामुख सापकोटा

73

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का प्रवक्तासमेत रहेका सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी कामहरुलाई निष्कर्षमा पुर्‍याउन सहजीकरण हुने बताएका हुन् ।

‘‘यो बेलामा संयुक्त राष्ट्रसंघको महासचिव नेपाल आउनु भनेको नेपालका लागि धेरै ठूलो अवसर हो । यस्तो बेलामा उहाँ नेपाल आउनुभएको छ कि अहिले पनि सुरक्षा परिषद्को बैठक बसिरहेको छ । त्यस्तो बेलामा उहाँ आउनुभएको छ । यसबाट के बुझिन्छ भने उहाँले नेपालको भ्रमणलाई उच्च महत्त्व दिनुभएको छ । जलवायु परिवर्तनको क्षेत्रमा जे–जति घटनाहरु घटिरहेका छन् । जे जति असर र प्रभावहरु देखिरहेका छन् । यसलाई न्यूनिकरण गर्न उहाँको भ्रमण धेरै महत्त्वपूर्ण हुनेछ ।,’’ पूर्व सभामुख सापकोटाले भन्नुभयो, ‘‘उहाँ सगरमाथाको आधारशिविरमा जाँदै हुनुहुन्छ । उहाँको स्थलगत भ्रमणले संसारका जनतालाई, संसारलाई जानकारी दिनका लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनका लागि पनि उहाँको भ्रमण निकै महत्त्वपूर्ण हुन्छ ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here