सेयर बजारमा आज हरियाली

23

काठमाडाैं ।   सेयर बजारमा आज हरियाली छाएको छ। आइतबार २६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ। यसमा पनि जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको सेयर उच्च अंकले बढेको छ। आज एक करोड ३७ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६७ करोड ५२ लाखबराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै निफ्राको पाँच लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ भने सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको सेयरमा पहिलो दिनमै ९.९९ लागेको छ। योलगायत आठवटा कम्पनीको सेयर करिब १० प्रतिशतले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here