वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको असामायिक निधन

25

काठमाडाैं । नेपाली तथा नेपालभाषा संगीत र कला क्षेत्रमा अतुल्नीय याेगदान दिएका  वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको असामायिक निधन भएको छ ।

पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक कलाकार श्रेष्ठको आइतबार  साँझ ५ बजेर २० मिनेटमा वीर अस्पतालमा निधन भएको हो ।

पेटको क्यान्सर भएको पत्ता लागेपछि केही समयदेखि उनी वीर अस्पतालमा उपचाररत थिए । सोही अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

६ दशक बढि कला क्षेत्रमा निरन्तर योगदान दिएका श्रेष्ठको ‘लुमन्तिइ…, इलं पिज्वःगु सः, रागमि नुगलय्’ गरी ३ वटा एकल एल्बम प्रकाशित भएको छ । साथमा नेपालको पहिलो मातृभाषी फिल्म सिलुमा पनि उनले अभिनय गरेका छन् ।

२२ सालमा रेडियो नेपालबाट नेपालभाषाको समाचारको प्रसारण बन्द गरिँदा त्यसैको विरोध कार्यक्रम स्वरुप काठमाडौंको टोल टोलमा भएको सांस्कृतिक कार्यक्रमहरु सबैमा श्रेष्ठले क्रान्तिकारी गीत गाएका थिए ।

भाषिक अधिकारको माग गर्दै उनले थुप्रै प्रगतिशील गीतहरु गाएका छन् । त्यसैले पनि उनलाई नेवार समाजमा नागरिक स्तरबाट जनगायक उपाधीबाट सम्मान गरेको थियो ।

श्रेष्ठको रागमि नुगलय्, असं त्वाःया दबू कुनय्, थौं वइला कन्हय् वइला, द्यःयात सिन्हाय् स्वां लगायतका थुप्रै नेपालभाषाका गीतहरु चर्चित छन् ।

उनको अन्त्येष्टि आज सोमबार गरिने परिवार स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here