जीवनउपयोगी बनाउनु आजको आवश्यक्ताः शिक्षा मन्त्री भट्टराई

29

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईंले उच्च शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनु आजको आवश्यक्ता रहेको बताउनु भएको छ ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको काठमाण्डौको ४३ औं वार्षिकोत्सव समारोहको बिहीबार उद्घाटन गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा रहेका चुनौतीहरु चिर्दै शिक्षालाई आशा लाग्दो क्षेत्र बनाउनु नै मुख्य चुनौती रहेको उल्लेख गर्नु भयो । “उच्च शिक्षामा थुप्रै चुनौती रहेका छन् । विश्वविद्यालयलाई पूणर् स्वायत्त बनाएर लैजानु पर्ने छ । अध्ययनको लागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । बाहिर गए भनेर चिन्ता गरेरमात्र हँदैन् ।

आज हामीले बनाउने नीति १० वर्षपछिको पुस्तालाई सम्बोधन गर्ने खालको हुनुपर्छ ।” उहाँले भन्नुभयो । पद्यकन्या विद्याश्रम मा.वि.का पूर्व विद्यार्थी समेत रहनु भएकी मन्त्री भट्टराईले नारी शिक्षाको लागि डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ठूलो योगदान रहको चर्चा गर्दै क्याम्पसको समग्र विकासका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिविद्धता व्यक्त गर्नु भयो । पूर्वमन्त्री तथा प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले शिक्षामा सबैको पहुँच अभिवृद्धि गर्न सामुदायिक क्याम्पसको शिक्षालाई आर्कषणको केन्द्र बनाउन सोही अनुरुपको नीति आवश्यक रहेको बताउनु भयो ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्यन हुने गरेको र हाल े क्याम्पसमा करिब ७ सय विद्याथी अध्ययनरत रहेको जानकारी दिनभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.रुद्र शर्माले सर्वसुलभ गुणस्तरिय तथा व्यवहारिक शिक्षाको लागि राज्यले उचीत पहल गर्नु पर्ने बताउनु भयो । यसैगरी कार्यक्रममा शिक्षा मन्त्रीले विशिष्ठ प्राज्ञिक पुरस्कारबाट डा.हरिहर घिमिरे, डा. आनन्द प्रसाद पन्त, दीर्र्घ सेवा सम्मानबाट प्राध्यापक कृष्णराज अर्याल, कर्मचारी बिष्णु तिमिल्सिना, कर्मचारी-रुद्रप्रसाद अधिकारी, उत्कृष्ठ प्राध्यापकमा आनन्द पन्त र उत्कृष्ट कर्मचारीमा नानीछोरी नेपाली सम्मानित हुनु भएको थियो ।

यसैगरी कार्यक्रममा पूर्वमन्त्री तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरु विक्रम थापा,भरत ढकाल, पद्यकन्या विद्याश्रम मा.वि.का प्राचार्य तथा क्याम्पस व्यवस्थापन समिति सदस्य रिता तिवारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयमा तथा क्याम्पसका सर्वोत्कृष्ट अंङ्क ल्याउने विभिन्न संकायकमा विद्यार्थी तथा क्याम्पसका अरिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई लाई पुरस्कार तथा सम्मान गर्नु भएको थियो ।

सो अवसरमा व्यवस्थापनशास्त्र बिबिएसतर्फ शोनी अमात्य, बि.बि.एस तर्फ अञ्जली न्यौपाने र शिक्षा शास्त शंकायतर्फ अस्मिता श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here