काठमाडाैं । दशैँको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुट्बल मैदानमा दशै महोत्सव हुने भएको छ ।
विगत ११ वर्षदेखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ति नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो ।
नेपालमै उत्पादित घरेलु तथा औधिगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवर्द्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोजको ११ गतेदेखि सुरु हुने भएकाे छ ।
असोजको २२ गतेसम्म चल्ने महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरु, लत्ताकपडा तथा जुत्ता आदीको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरु लगायतको प्रदर्शनी तथा बिक्री वितरण, हस्तकला सामाग्रीका प्रदर्शनी तथा विक्री वितरण गरिने छ ।
राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी तथा विक्री वितरण तथा बजार व्यवस्थापन लगायत हुने कुरा औधोगिक शान्ती नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराउनु भयो ।
मेला अवधिभर नि:शुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उधान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कस लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था रहेको कुरा महोत्सवका आयोजक संस्थाका अध्यक्ष महतले जानकारी गराए ।
हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यो मेलामा रहने र कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रीय रुपमा ख्याति कमाएका गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने कुरा पनि आयोजकले जनाए ।
भव्यरुपमा तयारी भईरहेको यस् महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुने छन साथै यसपाली महोत्सव स्थल भित्र प्रवेश गर्नका लागि प्रवेश नि:शुल्क गरिएको छ भने मेला अवधिभर ५ लाख भन्दा बढी अवलोकनकर्ताहरुले मेलामा प्रवेश गर्ने आपेक्षा राखेको कुरा पनि आयोजकले जानकारी गराए ।


















