प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

39

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ।

पूर्वराष्ट्रपति विक्रमासिङ्घेले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका हुन्।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत भेटमा सहभागी थिए।

विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र पनि हुन्।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here