चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने एस पार्टीको निर्णय

52

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाए।

उनका अनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णयसमेत भएको छ।

उनले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भीर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको जनाए।

मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्षसमेत बैठकले निकालेको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here