काठमाडौं । साहित्यकार लक्ष्मी श्रेष्ठकाे पाँचौँ कृति सार्वजनिक भएकाे छ ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क भएकाे कार्यक्रममा अनेसास न्यु योर्क च्याप्टरले आयोजना गरेको थियाे । अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, सर्जक स्वयमले कविता कृति सगरमाथाको आर्तनाद सार्वजनिक गरेका थिए ।
कार्यक्रममा साहित्यकार पूजाले राम्रा कवितालाई सहजै परिभाषित गर्न नसकिने र नहुने जनाउँदै पाठक र समालोचकलाई मनन र मूल्याङ्कन गर्ने जिम्मा दिनुपर्ने जनाए । उनले न्युयोर्क च्याप्टरको कार्यको प्रशंसा गर्दे अनेसासले भूगोलका कुनाकुनासम्म फैलिएका नेपाली भाषीलाई जोड्ने काम गरेको छ भने ।
साहित्यकार आनन्द श्रेष्ठले कृतिको समीक्षा गरेका थिए भने श्रष्टा राजेन्द्र श्रेष्ठले कृति सफलताको कामनासहित संग्रहबाट कविता वाचन गरे ।
कार्यक्रममा डा. गोविन्द कोइराला, शकुन ज्ञवाली, शारदा क्षेत्री, गायिका लक्ष्मी गिरी, भरत शाक्य, ज्योति राई, कमला प्रसाई, मंगलदास श्रेष्ठ, राजन महर्जन, हजुरी शाह कडेल, मीनलाल नकर्मी, संगीता उप्रेती, ध्रुव श्रेष्ठ, हरिश हमाल, मनोज खनाल, यम अधिकारी, बिमला हमाल, ज्योति पौडेल, किशन सिंह धामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष समेत रहेकी लक्ष्मी श्रेष्ठले आफ्नो काव्य यात्रा’bout कार्यक्रममा प्रकाश पारिन् । कृतिमा ५२ थान कविता रहेका पनि उनले जानकारी गराइन् ।

















