अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह

16
Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2017-10-31 08:20:16Z | |

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह गरेको छ ।

जनमोर्चाले बिहीबार विज्ञप्तिमार्फत् चीनलाई नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्दै भारतसँग भएको लिपुलेकसम्बन्धी सहमति अविलम्ब खारेज गर्न माग गरेको हो ।

‘चीन–भारतबीच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न तथा नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गर्दछौँ,’ अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसका साथै कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई जोड दिन्छौँ ।’

कालापानीमाथि भारतले कब्जा जमाउने कार्यलाई चीनद्वारा वैधानिकता दिने गरी लिपुलेक नाकालाई चीन तथा भारतको दुई देशीय व्यापारिक नाका बनाउने कुरा नेपालको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध रहेको जनमोर्चाको ठहर छ ।

‘नेपालको सहमतिबिना नेपालको भूभागलाई चीन र भारतले आफ्नो व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने घोषणाले चीन तथा भारतको साम्राज्यवादी चरित्रलाई उजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here