जर्मनी स्लोभाकियासँग २-० ले पराजित

6

एजेन्सी । विश्वकप छनोट अन्तरगत विहीबार राति भएको खेलमा जर्मनी अप्रत्यासित हारको सिकार भएको छ। ब्राटिस्लाभामा भएको वर्ल्ड कप छनोटमा पाहुना टोली जर्मनी स्लोभाकियासँग अप्रत्याशित रूपमा २-० ले पराजित भयो।

डेभिड ह्यान्कोले खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि पहिलो गोल गरे। मिडल्सब्रोका फरवार्ड स्ट्रेलेकले दोस्रो हाफ सुरु भएको १० मिनेटमै उत्कृष्ट ‘फुटवर्क’ देखाउँदै एन्टोनियो रुडिगरलाई छक्याउँदै टपकर्नरमा गरको प्रहारले जाली चुम्दा जर्मनी अप्रत्यासित रुपमा स्तब्ध बन्यो।

जुलियन नागेल्सम्यानको टोलीमा लिभरपुलका फ्लोरियन विट्ज र नयाँ न्यूक्यासल खेलाडी निक वोल्टेमाडे पनि रहेका थिए, तर पाहुना टोलीले स्लोभाकियाको गोलपोस्ट पार गर्न सकेन्। समूह ‘ए’ अन्तर्गतकै अर्को खेलमा उत्तरी आयरल्यान्डले लक्जेम्बर्गलाई ३-१ ले हरायो। आइतबार आयरल्यान्डले जर्मनीसँग खेल्ने छ।

यसै सातादेखि चार–चार टोली रहने ६ समूहको वर्ल्ड कप छनोट सुरु भएको छ। यसअघि पाँच–पाँच टोली रहने ६ समूहको खेल सुरु भइसकेको छ। प्रत्येक समूहको शीर्ष टोली वर्ल्ड कपमा प्रवेश गर्नेछ भने दोस्रो हुने टोलीले प्ले-अफ खेल्नुपर्ने छ।

अन्य खेलमा स्पेनले समूह ‘ई’ को पहिलो खेलमा बुल्गेरियालाई ३-० ले हरायो। स्पेनका लागि मिकेल ओयार्जाबाल, मार्क कुकुरेल्ला र मिकेल मेरिनोले गोल गरे। त्यस्तै समूह ‘जी’ मा, म्याट्टी क्यासको अन्तिमतिर आएको गोलले पोल्यान्डले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा रोक्यो। नेदरल्यान्ड्सले डेनजेल डुमफ्रिजको गोल मार्फत अग्रता लिएको थियो।

ग्रुप ‘जे’ मा बेल्जियमले लिक्टेन्सटाइनलाई ६-० ले पराजित गर्दा वेल्सले भने दिनको पहिलो खेलमा काजाकिस्तानलाई १-० ले हराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here